
धनगढी, साउन ३१ :
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
साउन २६ गते नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। ५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिममा बहुमतको सरकार निर्माणका लागि २७ सिट भए पुग्छ ।
प्रदेशमा कांग्रेसका १८, एमालेका ११, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद रहेका छन् । मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाको समर्थन रहने छ ।