बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
कर्पोरेट बैंक/बीमा

एनआरएन इन्फ्रास्ट्रक्चर सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ माघ, २०८१ मा प्रकाशित
एनआरएन इन्फ्रास्ट्रक्चर सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त
काठमाडौं, माघ १५ :

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा कुल एक करोड २८ लाख ४३ हजार सात सय २४ कित्ता साधारण सेयर साबिक सेयरधनीहरुमा निष्कासन तथा बिक्री गर्न नेपाल एसबीआई मर्चेन्टलाई निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो ।

एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आव ०८०/८१ को वार्षिक साधारणसभाबाट पारित १:१ अनुपातको हकप्रद निष्कासनको व्यवस्थापन नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबाट हुनेछ ।

यस एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड २०६९ भदौ ३१ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्यअनुरुप विभिन्न जलविद्युत्, पर्यटन, होटेल, बिमा, सञ्चारलगायत परियोजनामा लगानीसम्बन्धी काम/कारोबार गर्दै आइरहेको छ । यस कम्पनीका संस्थापक सेयरधनीहरु विद्युत्, बैंक/वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार/व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार