बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
कर्पोरेट

बीवाईडीद्वारा संसारकै ठुलो कार बोक्ने जहाज सार्वजनिक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
बीवाईडीद्वारा संसारकै ठुलो कार बोक्ने जहाज सार्वजनिक
काठमाडौं, माघ १७ :

चीनको नयाँ ऊर्जा गाडी (नेभ) निर्माण गर्ने कम्पनी बीवाईडीले ‘बीवाईडी सेन्जेन’ सार्वजनिक गरेको छ । कम्पनीको भनाइअनुसार यो ‘बीवाईडी सेन्जेन’ संसारकै ठूलो रोल-अन/रोल-अफ कार क्यारियर हो ।

यो जहाजले नौ हजार दुई सय गाडी बोक्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल-फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक र साफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । यी प्रविधिले ‘बीवाईडी सेन्जेन’ लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीले जनाएको छ ।

‘बीवाईडी सेन्जेन’ ले कम्पनीको बढ्दो जहाजहरूको समूहमा स्थान पाएको छ । यसअघि कम्पनीको एक्सप्रोरर नम्बर १, हेफेई र चाङजोहुजस्ता जहाजहरूले ७ हजारदेखि ९ हजार २ सय गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा नेभ आपूर्ति गरेका थिए । कम्पनीले २०२६ सम्म आफ्नो जहाज संख्या आठ पुर्‍याउने योजना बनाएको छ, यसले बढ्दो विश्वव्यापी माग पूरा गर्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ ।

सन् २०२४ मा कम्पनीले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी चीनबाहिर पठाएको थियो । जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो । विद्युतीय गाडीको माग बढ्दै जाँदा, कम्पनी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको जानकारी कम्पनीले दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार