
काठमाडौँ, साउन ३२ :
राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित लिखित प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् ।
बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
