
काठमाडौँ, साउन ३२ :
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ ।
एक सातादेखी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायतका विषयमा सदस्यहरूले बहस गर्दै आएका छन् ।