सप्तरी, साउन ३२ :

सप्तरीको राजविराज नगरपालिका–११ झल्ही स्थित नहर चौक भन्दा २० मिटर उत्तर पम्प नहरको पानिमा डुबेको अवस्थामा एक जना अपरिचित पुरुषको  बिहीबार शव फेला परेको छ ।

तराई मुलुकको जस्तो देखिने अन्दाजी ४५÷५५ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नाम थर वतन नखुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले हालसम्म सनाखत हुन नसकेको ती पुरुषको शव चिन्नुहुने जो कसैले नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा एक अपरिचित पुरुषको हिजो शव फेला परेको हो ।

अन्दाजी ५०-५५ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको नाम थर वतन नखुलेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको  छ ।