
काठमाडौँ, भदौ १ :
अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर. वर्मा काठमाडौँ आइपुग्नु भएको छ ।
व्यवस्थापन तथा श्रोतसम्बन्धी उप विदेशमन्त्री रिचार्डलाई नेपालस्थित अमेरिकी दूतावासले स्वागत गरेको छ ।
उप विदेशमन्त्री रिचार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतका सरकारका उच्च नेतृत्वकर्ताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उप विदेशमन्त्री वर्माले युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने कार्यक्रम तय भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नेपालको एक दिने भ्रमण सकेर उहाँ भोलि शनिबार भारत प्रस्थान गर्ने बताइएको छ ।