सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
समाचार

चाबहिलमा चक्कु प्रहार गरी युवकको हत्या, तीनजना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
चाबहिलमा चक्कु प्रहार गरी युवकको हत्या, तीनजना पक्राउ
काठमाडौं, माघ ३० :

काठमाडौंको चाबहिलमा मोबाइलको निहुँमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। आइतबार बिहान ६ बजेतिर काठमाडौँ महानगरपालिका ७ कुमारीगालमा युवाहरूको दुई समूहबीच झगडा भएको थियो। एउटा समूहले मोबाइल चोरी गरेको अर्को समूहले देखेपछि खोस्न क्रममा उनीहरुबीच झगडा भएको प्रहरीको दाबी छ।

झगडामा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ९, पानीट्याङ्की घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्ती बस्ने २३ वर्षका अमृत भन्ने संघर्ष कार्कीको मृत्यु भएको छ। अस्पालमा उपचारपछि डिस्चार्ज गरेका क्षितिजलाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।

हत्यामा संलग्न तीन जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।  पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका १ स्थायी घर भई हाल कपन सिमलटार बस्ने २२ वर्षका युनिक लामा भन्ने नुर्वु शेर्पा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भइ हाल गोकर्णेश्वर नगरपालिका ८ बस्ने २० वर्षका विशाल तामाङ रहेका छन् । 
पक्राउ परेका व्यक्तिहरू उपर ज्यानसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको छ। पक्राउ सबैलाई गौशाला वृत्तको हिरासतमा राखिएको छ।घटनामा प्रयोग गरिएको धारीलो हतियार चक्कु पनि प्रहरीले बरामद गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार