
काठमाण्डौं, फागुन ९ :
फोर नेसन्स उमन्स इन्टरनेसनल फुटबल च्यान्पियनसिप अन्तर्गत म्यानमार र कीर्गिस्तानबीच भएको आजको पहिलो खेलमा म्यानमार विजयी भएको छ ।
म्यानमारले लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ ।
दशरथ रंगशालामा भएको खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले हराउँदै फाइनल पुग्ने सम्भावना मजबुत पारेको हो ।म्यानमारले २ वटा खेलबाट ६ अंक जोड्दै फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ। पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको थियो।
कीर्गिजस्तानको यो दोस्रो हार हो। किर्गिजस्तान पहिलो खेलमा नेपालसँग १-० ले हारेको थियो।
अहिले नेपाल र लेबनानबीच प्रतिस्पर्धा भईरहेको छ ।