बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र बैंक/बीमा

किन बढ्यो बैंकहरुको खर्च ?, महिनामा कर्मचारीको तलब-भत्तामै सकियो ३२ अर्ब

अनुष शर्मा · शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
किन बढ्यो बैंकहरुको खर्च ?, महिनामा कर्मचारीको तलब-भत्तामै सकियो ३२ अर्ब
काठमाडौं, फागुन ११ :

बैंक तथा फाइनान्स कम्पनीहरुमा कर्मचारी खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ संस्थाको कर्मचारीको तलब भत्तामै ३२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् ।

बैंक तथा फाइनान्स कम्पनीहरुको गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रको यस्तो खर्च रकम ३० अर्ब ५१ करोड १० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र कर्मचारीहरुको तलब भत्ताका लागि २८ अर्ब ४७ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको कुल कर्मचारी खर्च रकम २६ अर्ब ८४ करोड ६० लाख रुपैयाँ थियो ।

विकास बैंकहरुले भने चालु आवको पछिल्लो ६ महिनामा कर्मचारीहरुको तलब भत्ताका लागि कुल तीन अर्ब आठ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरुले कर्मचारीहरुको तलब भत्ताकै लागि कुल दुई अर्ब ९४ करोड १० लाख रुपैयाँ खर्च गरेका थिए ।

फाइनान्स कम्पनीहरुले भने चालु आवको पछिल्लो ६ महिनामा कर्मचारीहरुको तलब भत्ताका लागि कुल ७९ करोड १० लाख रुपैयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा सात करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्ताकै लागि कुल ७२ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार