काठमाडौं, फागुन १३ :

विगत ९ वर्ष देखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा  सम्झौता गरेको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो । सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ ।

जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहनेछन् । पहिलो चरणमा काठमाडौंका शोरुमहरु टेकु, महाराजगन्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहनेछन् ।

नक्सालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहनेछ । आगामी दिनहरुमा यो सुविधा थप विस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए ।

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एससोरिजहरुको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसअघि नै आफ्नो दुई अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानबाट सेवा प्रदान गर्नेछ ।