
काठमाडौं, फागुन १४ :
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पताल भर्ना भएकी छन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी हुन्
गत शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी मन्त्री भट्टराईको क्याबिनमा उपचार भइरहेको छ ।अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भट्टराईको भोकल कर्डमा समस्या भएकाले चिकित्सकले एक हप्ता नबोलेर रेष्ट गर्न भनेपछि अस्पतालमै आराम गरिरहेकी छन् ।