सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

सुकेधारामा फोहोरले छोपेको अवस्थामा शव भेटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
सुकेधारामा फोहोरले छोपेको अवस्थामा शव भेटियो
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, फागुन १६ :

काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एकजना व्यक्तिको शव भेटिएको छ । धोबीखोला करिडोरको धनयन्तरी फुटसलनजिकै ओलखढुंगा स्थायी घर भएका ५० वर्षीय अड्वीर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

राईको मृत्यु शंकास्पद देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सीसीटीभी फुटेजलगायता अन्य पक्षबाट अनुसन्धान थालेको छ ।  मृतक राईको टाउकोमा गहिरो चोटहरु देखिएका छन् । 

पुरानो शौचालयमा फोहोरले छोपेको अवस्थामा शव भेटिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले  बताए । शव परीक्षणपछि नै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार