बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र बैंक/बीमा

राष्ट्र बैंकको लगानी प्रस्ताव : ४ अर्ब ७९ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गरिने, यस्ता छन् सर्त (पत्रसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
राष्ट्र बैंकको लगानी प्रस्ताव : ४ अर्ब ७९ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गरिने, यस्ता छन् सर्त (पत्रसहित)
काठमाडौं, फागुन १९ :

नेपाल राष्ट्र बैंकले चार अर्ब ७९ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका नाममा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो ।

विभिन्न कोषमा रहेको रकम ३६६ दिने मुद्दतीका रुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाइ छ ।

रकम लगानीको अवधि १२ मार्च २०२५ देखि १२ मार्च २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही फागुन २० गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार लगानीका लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि तीन अर्ब २० करोड ६५ लाख, विकास बैंकहरुका लागि ६० करोड ११ लाख र फाइनान्स कम्पनीका लागि २० करोड तीन लाख रुपैयाँ तोकिएको छ ।

रकम लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेलगायत प्रावधान तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार