
गोदरेज नेपालले आफ्ना डिलरसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको छ ।
कार्यक्रममा कम्पनीले नवीनतम् उत्पादनहरूको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूमा छलफल गरेको थियो ।
कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजना प्रस्तुत गरे । डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तर्क्रियात्मक सत्रहरूमा सहभागिता जनाए ।
रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, एयर कन्डिस्नर, एयर कुलर, माइक्रोवेभ ओभन, मेडिकल रेफ्रिजेरेटका साथै उत्पादनहरूको उच्च गुणस्तर, ऊर्जा-सक्षम प्रविधि, र ग्राहकमुखी डिजाइनबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।
गोदरेज नेपालका व्यापार एकाइ प्रमुख धर्मेन्द्र जोशीले भने, ‘यो कार्यक्रमले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको छ । हामी नवप्रवर्तन र सहकार्यमा अग्रसर रहने प्रतिबद्ध छौं ।’
७० वर्षदेखि विश्वसनीय ब्रान्ड गोदरेज एप्लायन्सेजले नवीनता, गुणस्तर र पर्यावरणीय जिम्मेवारीमा आधारित उत्पादन प्रदान गर्दै आएको छ ।