बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं, फागुन २० :

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका  कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सरकारले उनलाई यही फागुन १२ गते उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । पदोन्नतिसँगै उपरथी जिसीलाई मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन्।

सोही अवसरमा महासेनानीमा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा कुन्दविक्रम शाहलाई पनि दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार