
फागुन २४ :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकन सामानमाथि लगाएको आयातकर एक महिनाका लागि स्थगित गरेका छन् ।
उनले अप्रिल २ सम्म छुट दिएको र आगामी महिना युएसएमसीए व्यापार सम्झौता अनुसार काम हुने बताएका छन् ।
अमेरिकाले यो हप्ताको सुरुवातमा आफ्नो उत्तरी छिमेकमाथि २५ प्रतिशत आयातकर लागू गरेको थियो ।
क्यानाडाले पनि मेक्सिकोलाई दिएको छुट पाउने आशा राखिरहेको बीबीसीले जनाएको छ ।
क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पसँग हालै भएको वार्ता रोमान्चक रहेपनि भविष्यमा व्यापार युद्ध जारी रहने बताएका थिए । त्यसपछि अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ट्रुडोलाई कर थप बढाउने चेतावनी समेत दिए ।