शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
समाचार

फागु पर्वमा प्रधानमन्त्री ओलीकाे शुभकामना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
फागु पर्वमा प्रधानमन्त्री ओलीकाे शुभकामना
काठमाडौँ, फागुन ३० :

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । 

फागुपूर्णिमालाई  होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन् ।  

“फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ-  यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,” फेसबुकमा प्रधानमन्त्रीले  लेखेका छन्, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना ! ह्याप्पी होली !”

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार