शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
विदेश

अमेरिकाबाट दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूल निष्कासन, ट्रम्पलाई घृणा गरेको आरोप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
अमेरिकाबाट दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूल निष्कासन, ट्रम्पलाई घृणा गरेको आरोप
Ebrahim Rasool- South Africa’s ambassador to the United States
अमेरिका, चैत २ :

अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ। 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई घृणा गरेको आरोप लगाएका छन् ।

विदेशमन्त्री रुबियोले दक्षिण अफ्रिकाका राजदूतलाई अब देशमा स्वागत नभएको बताएका छन् ।

अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो ।

फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए ।

यसका लागि ट्रम्पले दक्षिण अफ्रिकाको एउटा कानूनलाई उद्धृत गर्दै गोरा किसानहरूको जग्गा जफत गर्न सकिने बताएका थिए ।

गत हप्ता, ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिने भन्दै तनावलाई अझ बढाएका थिए ।

सुरक्षाको कारणले देश छोड्न चाहने कुनै पनि दक्षिण अफ्रिकी किसान परिवारलाई नागरिकतासहित संयुक्त राज्य अमेरिका आमन्त्रित गरिनेछ ट्रम्पले ट्रुथ सोशलमा पोस्टमा उल्लेख गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार