बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
विदेश

इजरायली सेनाद्वारा गाजापट्टीमा आक्रमण, हमासका उपमन्त्रीसहित १३० बढी प्यालेस्टिनीको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
इजरायली सेनाद्वारा गाजापट्टीमा आक्रमण, हमासका उपमन्त्रीसहित १३० बढी प्यालेस्टिनीको मृत्यु
काठमाडौँ, चैत ५ :

इजरायली सेनाले गाजा पट्टीमा आक्रमण गरिरहेको बताएको छ । हमासको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा कम्तिमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।

यसअघि, इजरायल रक्षा बलले एक विज्ञप्तिमा यसले हमासको आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरिरहेको जनाएको थियो ।

गाजाका आन्तरिक मामिला उपमन्त्री तथा हमासका एक वरिष्ठ सैन्य कमाण्डर महमूद अबु वफाह पनि सोही आक्रमणमा मारिएको बताइएको छ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो । प्रत्यक्षदर्शीहरूले गाजामा मानिसहरू खाना खाइरहेका बेला आक्रमण सुरु भएको बताएका छन्।

आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमानहरू देखिएको । चाँडै नै ती लडाकु विमानहरूले गाजा शहर, रफाह र खान युनिसमा आक्रमण गर्न थालेको  प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मङ्गलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।

आफ्ना बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार