काठमाडौं, चैत ८ :

राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठकमा तीनवटा विधेयक टेबुल भएका छन् ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् ।