
काठमाडौं, चैत १० :
नेकपा माओवादीकी सांसद रेणु चन्दले राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो ? भनी सरकारसँग प्रश्न गरेकी छन् ।
राष्ट्रिय सभाको आइतबारको शून्य समयमा उनले राष्ट्रिय सभाले उहिले पास गरेर पठाइसकेको विधेयक किन कार्यान्वयनमा छैन भन्दै सभा अध्यक्ष मार्फत सरकारसँग जवाफ मागिन् ।
त्यस्तै उनले बैतडीको पाटन एयरपोर्ट किन सञ्चालन हुन सकेन भन्दै त्यसको पनि जवाफ मागिन् । उनले भनिन्, ‘त्यहाँ अहिले प्लेन उड्न छाडेको छ । टिकटक र रिल्सहरु बनिरहेका छन् ।’ एयरपोर्ट प्लेन उडाउनलाई हो कि खाली रिल्स बनाउनका लागि हो उनको प्रश्न थियो ।