बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
विदेश

पाकिस्तानले नियन्त्रण रेखानजिकै खसाल्यो भारतीय ड्रोन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ वैशाख, २०८२ मा प्रकाशित
पाकिस्तानले नियन्त्रण रेखानजिकै खसाल्यो भारतीय ड्रोन
काठमाडौं, वैशाख १६ :

पाकिस्तानी सेनाले नियन्त्रण रेखा (एलओसी) नजिक भारतीय क्वाडकप्टर ड्रोन खसालेको छ ।

पाकिस्तानी सरकारी सञ्चारमाध्यमहरू रेडियो पाकिस्तान र पीटीभी न्युजले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उक्त ड्रोनले पाकिस्तानको हवाई क्षेत्र उल्लंघन गर्दै निगरानी गर्ने प्रयास गरिरहेको बेला खसालिएको हो । घटनास्थल पाकिस्तान नियन्त्रित जम्मु तथा कश्मीरको भिम्बर जिल्लाको मनावर सेक्टरमा पर्दछ ।

यो घटना भारतको पहलगाम क्षेत्रमा भएको हालैको हमलापछि दुई मुलुकबीच बढ्दै गएको तनावको बीचमा भएको हो । हमलापछि पछिल्ला पाँच रातदेखि भारतीय र पाकिस्तानी सेनाबीच एलओसीमा निरन्तर गोलीबारी भइरहेको बताइएको छ ।

दुवै आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरूबीचको सम्बन्ध यसबीच झनै जटिल बनेको छ । पछिल्ला कूटनीतिक र सैन्य निर्णयहरूले तनावलाई थप चर्काएको देखिन्छ ।

भारतले सिन्धु जलसन्धि निलम्बन गर्ने घोषणा गरेको छ भने पाकिस्तानले भारतीय वायुसेवाहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको छ । क्षेत्रीय सुरक्षामा यसले गहिरो असर पार्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार