आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार खेलकुद

जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

‘०४६ सालभन्दा अगाडि नेपालमा कराते प्रतिबन्धित थियो’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ जेठ, २०८२ मा प्रकाशित
जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं, जेठ ११ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले ०४६ सालभन्दा अगाडि कराते खेल प्रतिबन्धित रहेको बताएका छन् ।

१०औं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आज (आइतबार) उद्घाटन समारोहमा उनले एकदलीय निरंकुश पञ्चायती व्यवस्थामा करातेसमेत सबैले खेल्न नपाउने अवस्था रहेको बताए ।

०४६ को जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्न र खेल्न पाउने अवस्था बनेको उनको भनाइ छ । यसबाटै निरंकुश र प्रजातान्त्रिक व्यवस्थामा के फरक हुन्छ भन्ने बुझ्न उनले सबैलाई आग्रह गरे ।

‘०४६ सालभन्दा अगाडि नेपालमा कराते प्रतिबन्धित नै थियो । खेलाडीहरूले गुरुहरूबाट भूमिगत रूपमा अभ्यास गर्ने चलन थियो,’ उनले भने, ‘जनअधिकारलाई सुरक्षित गर्दै देश विकासकको कार्यलाई अगाडि बढाउन हामीले प्रयास गर्नुपर्छ ।’

उनले पञ्चायतमा खेल खेल्नसमेत नागरिकले नपाउने अवस्थाको स्मरण गर्दै अहिले खुला रूपमा खेल खेल्न पाउने अवस्था रहेको बताए । प्रजातन्त्र आएर के भयो र भनेर भ्रम फैलाउन खोज्नेहरू सक्रिय रहेको भन्दै सिंहले प्रजातन्त्र प्राप्तिपछि नै नागरिक अधिकार सुरक्षित भएको बताए ।

उनले प्रतियोगिता सफलताको शुभकामना पनि दिए । यस्तै उनले ०१७ सालमा जनताको अधिकार खोसिएपछि त्यसलाई पुनर्बहाली गर्न र खेलकुदको विकासमा धनबहादुर महर्जनको भूमिका रहेको स्मरणसमेत गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार