बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने #विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने
समाचार राजनीति

राजावादीलाई मनीषाको हौसला, भन्छिन्- राजनीतिक दल राजतन्त्रभन्दा माथि हुँदैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
राजावादीलाई मनीषाको हौसला, भन्छिन्- राजनीतिक दल राजतन्त्रभन्दा माथि हुँदैन
काठमाडौं, जेठ १५ :

अभिनेत्री मनीषा कोइरालाले नेपाललाई हिन्दु अधिराज्यका रुपमा पुनःस्थापना गराउनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत उनले कुनै पनि राजनीतिक दल राजतन्त्रभन्दा माथि नहुने दाबी गर्दै राजावादीहरुलाई हौसला प्रदान गरेकी हुन् ।

दलहरु प्रतिस्पर्धा, विभाजन र सरकार बनाउनमै केन्द्रित रहने तर राजतन्त्रले सनातन धर्म र इतिहासमा गहिरो जरा गाडेकाले हाम्रो मौलिक पहिचानलाई सम्झाउने कोइरालाले उल्लेख गरेकी छन् ।

‘एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ, जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै, दिन सक्दैनन् । दलहरु प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन् र सरकार बनाउँछन् । तर राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रुपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ,’ मनीषाले लेखेकी छन् ।

गणतन्त्र राजनीतिक खेलमा अल्झिएकाले वर्तमान आवश्यकता गैरराजनीतिक संस्था रहेको जनाउँदै कोइरालाले थपेकी छन्, ‘जसले जनता, संस्कृति र राष्ट्रको मूल्यहरूको रक्षाका लागि सन्तुलन र नियन्त्रणको काम गर्न सकोस् ।’
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार