
प्रमुख सत्तारुढ दल नेकपा एमालेले १८ औं गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाएको छ । एमालेले बिहीबार काठमाडौंमा जनप्रदर्शनसहित गणतन्त्र दिवस मनाएको हो ।
बिहान ११ बजेतिर विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित एमालेको र्याली सुरु भएको थियो । एमालेका नेता तथा कार्यकर्ताहरु सहभागि भएको र्याली नगरका विभिन्न भाग हुँदै भृकुटीमण्डपमा भेला भएर रत्नपार्कस्थित शान्तिबाटिका पुगेको थियो ।
गणतन्त्र उत्सवको सांस्कृतिक र्यालीपछि आयोजित एमालेको कोणसभालाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रूपमा रहेको बताए ।
त्यहाँ नेताहरुबाट सम्बोधन भएपछि एमालेको गणतन्त्र उत्सव समापन भएको छ । एमाले अध्यक्ष केपी ओलीले भने जस्तो एमालेको सहभागिता उपत्यका कब्जा गर्ने हैसियतको भने थिएन । प्रचार गरिएको भन्दा जनसहभागिता न्यून देखिन्थ्यो ।
तस्बिर : गोरखापत्र अनलाइन