सुर्खेत, असार १ :

जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

रुकुमपश्चिमका आठबिसकोट ११, गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । बारेकोट गाउँपालिका ८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड ७ चामेखेतमा विकलाई आइतबार बिहान ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमके चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिए । ठक्कर दिने सवारीचालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -रासस