शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार

शुक्रबार दिउँसो परेको वर्षाले धोबीखोला करिडोर डुबानमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
शुक्रबार दिउँसो परेको वर्षाले धोबीखोला करिडोर डुबानमा
काठमाडौं, असार ६ :

शुक्रबार दिउँसो परेको वर्षाका कारण काठमाडौंको धोबीखोला करिडोर डुबानमा परेको छ। बाढीले सडक जलमग्न हुँदा केही घण्टासम्म सवारी आवागमन पूर्ण रूपमा ठप्प भयो।

पानीको तीव्र बहावले पुलमुनि पार्क गरिएका गाडीहरू डुबानमा परेका छन् भने सडकका विभिन्न भागमा पानी जमेका कारण आवतजावतमा समस्या भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

अव्यवस्थित घर निर्माण र पानी निकासको उचित व्यवस्था नभएका कारण वर्षा सुरु भएलगत्तै धोबीखोला बस्तीमा  पस्ने गरेको छ। सामान्य वर्षा भए पनि साँगुरो धोबीखोलाले आफ्नो उदण्ड रुप देखाइहाल्छ । आसपासका सडक डुबानमा पर्ने समस्या दोहोरिनु सामान्य जस्तै भएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार