हेटौंडा, साउन ९ :

बागमती प्रदेश सरकारका चार मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री बहादुरसिंह लामासहित आठजना कांग्रेसबाट बागमती प्रदेश सरकारमा सहभागी थिए ।

मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुँदै छ । जसको ड्राफ्ट तयार भइसकेको छ । उक्त ड्राफ्ट तयार गरेर प्रस्ताव दर्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।