रसुवा, साउन १२ :

रसुवाको गोसाइँकुण्डमा डुबेका दुई युवाको शव बोकेरै ल्याइँदैछ । खराब मौसमका कारण हेलिकप्टरबाट ल्याउन सम्भव नभएपछि नेपाली सेनाले दुवैको शव बोकेर गाडी चल्ने स्थानसम्म ल्याउने र त्यहाँबाट काठमाडौँ ल्याउने तयारी भएको छ ।

गोसाइँकुण्ड घुम्न निस्किएका मोरङका दुई युवाको आइतबार कुण्डमा डुबेर मृत्यु भएको थियो। विराटनगर–३ ढाटका सुजन ढकाल र मोरङ बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गका मनोज न्यौपाने शनिबार साथीहरूसँग गोसाइँकुण्ड घुम्न निस्किएका थिए। आइतबार गोसाइँकुण्ड पुगेको केही क्षणमा सो घटना भएको बताइएको छ।

गोसाइँकुण्ड तालको छेउमा नुहाउने क्रममा एकाएक ढुंगामा चिप्लिएर २९ वर्षीय सुजन गहिरोमा पुगेपछि बचाउन मनोजले  कपडा नफुकालिकन पानीमा हामफालेका थिए। उनले बचाउन सकेनन् आफैं डुबे ।तालमा डुबेका दुवैजनाको शव नेपाली सेनाको टोलीले निकालेको थियो। बेलुका मात्र शव काठमाडौँ आइपुग्ने र मोरङ लागे तयारी भएको छ ।