काठमाडौं, भदौ ८ :

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ  (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका ।

संघको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । साथै सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् ।


संघको कार्यसमिति सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देन्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अध्यक्षका अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् ।  शेर्पाले ३४२ मत पाउँदा गुरुङले २८८ मत प्राप्त गरे ।