सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
शिक्षा

अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा कक्षा १२ का उत्तीर्ण विद्यार्थीलाई सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा कक्षा १२ का उत्तीर्ण विद्यार्थीलाई सम्मान
काठमाडौं, भदौ १५ :

काठमाडौंको बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ । 

राजधानीमा शनिबार आयोजित कार्यक्रममा अरुणिमा कलेजका प्रिन्सिपल केशवप्रसाद जोशीले विद्यार्थीहरूको परीक्षाफल विश्लेषण गर्नुकासाथै प्रतिष्ठानका समग्र शैक्षिक कार्यक्रम र उपलब्धिबारे प्रकाश पारे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा प्रतिष्ठानले सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । अरुणिमा कलेजका प्रोग्राम म्यानेजर विपुल राज मानन्धरले स्नातक तहमा अध्ययन गर्न उचित विषय तथा गुणस्तरीय कलेज छनोटमा चनाखो रहन सुझाव दिए । 

अरुणिमा मा.वि, बौद्धबाट विज्ञान तथा व्यवस्थापन विषय लिई कक्षा १२ उत्तिर्ण कुल १ सय ६३ जना विद्यार्थीहरू कार्यक्रममा  अभिनन्दित भएका थिए । कार्यक्रममा उच्चतम् जीपीए प्राप्त गर्ने विद्यार्थी दावा जाङमु शेर्पा, ग्याल्बु तामाङ, निरोज अधिकारी, सत्कार थापा र सुबी पोडेलाई नगद पुरस्कारसहित विशेष अभिनन्दन गरिएको थियो । 

विषय शिक्षक र कर्मचारीहरूलाई उनीहरूको योगदानको कदर गर्दै सभाध्यक्ष भीमानन्द ढुङ्गाना, कार्यकारी प्रिन्सिपल ईश्वरी प्रसाद लामिछाने, गुठीयार गोपाल प्रसाद बराल र संगिता हमालले संयुक्त रुपमा मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले नेपालका विविध जात जाति एवं समुदायको प्रतिनिधित्व गर्दै आर्कषक गीत, संगीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार