काठमाण्डौँ , असोज ९ :
सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ ।
चीनको हान्झाउमा आयोजित २० औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा लगायत खेल पदाधिकारीले स्वागत गर्नुभयो ।
एसियन कराँते फेडेरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिले सम्म पदक जित्न सकेका थिएन।
नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गर्नुभएकी एरिका पहिलोपटक १९ औँ एसियाडमा छनोट हुनुभएको थियो।
उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पार्नुभएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावित क्षेत्रमा सक्रिय
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
चुमनुब्रीका ३५ घर बगे, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति