आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय सरेको छ ।
आज बिहान ११ बजे बस्ने तय भएको बैठक दुई घण्टा पर सारिएको छ । आज दिउँसो १ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले बिहान प्रेस नोट जारी गर्दै जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई आमन्त्रण गरिएको छ । काँग्रेसको कार्यसम्पादन समितिको बैठक निरन्तर बसिरहेको छ । पार्टीको महाधिवेशनको बिषयमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच कुरा मिल्न नसक्दा बैठक अन्यौल बनेको छ ।
यद्यपि हिजो बसेको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य गर्न आन्तरिक छलफल भएको थियो ।आजको बैठकले उम्मेदवार टुंगो लगाउने भएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १८ मध्ये ८ सिटमा दाबी गरेको छ।