
फाइल तस्बिर ।
काठमाडौै, फागुन १८ :
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । यो मौन अवधि मतदान नसकिएसम्म जारी रहनेछ। मौन अवधिको मुख्य उद्देश्य भनेको मतदातालाई शान्त वातावरणमा सोच्ने समय हो ।
मौन अवधिमा कुनै सभा वा सामाजिक सञ्जालमार्फत् कुनै प्रकारको चुनावी प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन आचारसंहिता अनुसार यस अवधिमा प्रचारप्रसारका सम्पूर्ण गतिविधिहरू पूर्णतः बन्द गर्नुपर्ने हुन्छ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि राजनीतिक दल तथा उम्मेदवारहरू चुनावी सभा तथा अन्तिम प्रचारप्रसारमा निकै व्यस्त देखिएका छन्।