काठमाडौं, फागुन २१ :

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा मतदान जारी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म साढे १० लाख मतदाताले मतदान गरेका छन् ।

बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ ।

यो कूल मतको करिब ६ प्रतिशत हो ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् ।

यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।


निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।