काठमाडौं, फागुन २२ :
काठमाडौं क्षेत्र नम्बर ६ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफूहरूले सरकार बनेको एक सय दिन भित्रै नयाँ नतिजा आउने गरी काम गर्ने बताएका छन् ।
निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले खासगरी भ्रष्टाचारको विरुद्धमा काम गर्नुपर्ने बताएका छन् ।
आफू घरदैलोमा जाने क्रममा पनि धेरैजसो जनताले सोही कुरा भनेको उनले प्रतिक्रिया दिए ।
‘ हामीप्रति एकदमै ठूलो अपेक्षा रहेको बुझेका छौं । पछिल्लो डेढ महिनामा घरटोल पुग्दा आम नेपाली जनताले भ्रष्टाचारको विरुद्धमा काम गर्नुपर्छ भन्नुभएको छ,’ उनले भने, ‘धेरैले मलाई भन्नुभएको, राम्रो नीति तथा कानुनमा काम गरिदिनुस् है भन्नुभएको छ ।
सकेसम्म आम जनताले अनूभूत हुनेगरी नै हामी एय दिनभित्रै केही नतिजा दिनेगरी काम गर्नेछौं ।’ उनले प्रतिक्रिया दिने क्रममा भने ।