काठमाडौं, फागुन २३ :

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता कायम गरेको छ ।

हालसम्म रास्वपाका उम्मेदवार ७२ स्थानमा, नेपाली कांग्रेस ११ र नेकपा (एमाले) का उम्मेदवार ८ स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार ६ , एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार

म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

वाग्मती प्रदेश  

काठमाण्डौं १

रास्वपाका रञ्जु दर्शना १५ हजार ४ सय ५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट विजयी भएकी छन् ।

काठमाण्डौं २

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् ।

काठमाण्डौं ३

काठमाडौँ क्षेत्र नं. ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

काठमाण्डौं ४

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् ।

काठमाण्डौं ५

काठमाडौँ–५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन् ।

काठमाण्डौं ६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार काठमाण्डौं क्षेत्र नम्बर ६ बाट शिशिर खनाल विजयी भएका छन्। शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् ।

काठमाण्डौं ७

काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित भएका छन् ।  निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गरेका छन् ।

काठमाण्डौं ८

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतका साथ विजयी भएका छन्।मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्।

काठमाण्डौं ९

काठमाडौँ  ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

काठमाण्डौं १०

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् ।

भक्तपुर १

भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएका छन् ।

भक्तपुर २

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।

ललितपुर १

ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन् । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरेका हुन् । 
 चितवन १

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक गरेका छन्।

चितवन ३

चितवन- ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् ।

रसुवा

क्षेत्र नं १ मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनले १० हजार ६५६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरे।

नुवाकोट २

नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

गण्डकी प्रदेश

तनहुँ–१ 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा तनहुँ–१ मा स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।

स्याङजा

स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् ।
मनाङ

प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।

मुस्ताङ

यसैगरी कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन्।

कास्की

कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाएका छन् ।

गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी छन् ।समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित भएकी हुन्।

 

पर्वत

पर्वतमा रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् ।

बाग्लुङ १ 

बागलुङ जिल्लाको दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार ५२१ मत पाए ।

बाग्लुङ २

क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् ।

लुम्बिनि प्रदेश

गुल्मी २

गुल्मी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। पन्थीले नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टलाई कडा प्रतिस्पर्धाका बीच ५६१ मतको अन्तरले पराजित गरेका हुन्।
रुकुमपुर्व

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

बाँके

बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन् ।रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन् ।

रुपन्देही २

रुपन्देही -२ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन् । खरेलले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पराजित गरेका हुन् । खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए ।

रुपन्देही ३

रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४  मत प्राप्त गरी निर्वाचित भएका छन् ।मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका  अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् । 

रुपन्देही ४

रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् ।उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

अर्घाखाँची

प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गरे । 
 

कर्णाली प्रदेश

कालीकोट
कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

दैलेख

दैलेख-१ मा कांग्रेसकी ४५ वर्षीया महिला नेतृ बासना थापा विजयी भएकी छन् ।

जाजरकोट-१ 
जाजरकोट-१ मा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् ।

मधेश प्रदेश

महोत्तरी  १

यो क्षेत्रबाट प्रमोदकुमार निर्वाचित भएका छन् । महतोले ३४ हजार ६६३ मत पाएर विजयी भएका हुन् । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल रहे । पोखरेलले १२ हजार ६२४ मत पाए ।

बारा ३

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट अरबिन्द साह निर्वाचित भएका छन् । रास्वपाका साह ४० हजार ६९७ मत ल्याएर विजयी भएका हुन् ।यहाँ कांग्रेसका फरमुल्लाह मन्सुर दोस्रो भए । उनले ९ हजार ८३ मत पाए ।
धनुषा ३

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् ।

पर्सा १

पर्सा क्षेत्र नम्बर-१ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले एमालेका प्रदीप यादवलाई १४ हजार भन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन । 

पर्सा २

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्।उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पारेका हुन् । 

रौतहटमा-१ 

रौतहटमा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन्।
 

कोशी प्रदेश

तेह्रथुम

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए ।

मोरङ ४

राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मोरङ ६

मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् ।

सुदुरपश्चिम प्रदेश

डोटी १

डोटी निर्वाचन क्षेत्र नं १ मा  कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्। खड्काले १४,८९७ मत प्राप्त  गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीलाई ७८७ मतको अन्तरले पराजित गरे।

बझाङ 

बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

कैलाली १

कैलालीको निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली निर्वाचित भएकी छन् । 

कैलाली ५

कैलाली-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द विजयी भएका छन् ।चन्द नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।