
शुक्रबारदेखि जारी नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । आजको बैठक अध्यक्ष ओलीकै निबासमा बिहान ११ बजेबाट सुरु हुदैछ ।
नेतृत्वको वरीयता र कार्य विभाजन बैठकको मूल एजेन्डा भए पनि पदाधिकारीहरूले फरक बिषयमा आफ्ना धारणा राखेका छन् । बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका रहेको छ ।
पहिलो दिनको बैठकमा पाँच उपाध्यक्षमध्ये राम बहादुर थापा बादलले मात्रै ओलीको नेतृत्वलाई थप परिष्कृत बनाएर लैजानु पर्ने बताएका थिए । अन्य बाँकी चार जना उपाध्यक्षले भने पार्टी संकटमा परेको अवस्थाको जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्न भनेका थिए ।
पहिलो दिनको बैठकमा चार उपाध्यक्षले नेतृत्वबाट बिदा लिन गरेको आग्रहपछि अध्यक्ष ओलीप्रति असन्तुष्टि बढेको देखिएको थियो ।हिजोको बैठकमा पनि महासचिव शंकर पोखरेलले समेत मार्ग प्रशस्तकै पक्षमा बोलेका थिए ।
आजको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खग राज अधिकारीले बोल्ने तालिका पनि छ । आज बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने र सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने बताइएको छ ।