साउन २१ :

काठमाण्डौं, साउन २०: ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव फेला परेको छ।

आज बिहान ८ बजे ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा शव भेटिएको वडा सदस्य हरिहर तण्डुकारले जानकारी दिनुभयो  ।

अन्दाजी ४०-४२ वर्षका पुरूषको शव भेटिएको हो।शव घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान खुलाउने प्रयास भईरहेको जनाईएको छ ।