काठमाण्डौं, कात्तिक ९ :

सरकारले शुक्रबार १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालय सहित सरकारी कार्यालयमा भोली बिहान १० बजेदेखि १०:१० बजे् सम्म  सरसफाइ गर्ने निर्णय गरेको संचार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङगले जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले जानकारी दिनुभएको हो ।