
काठमाण्डौं, कात्तिक ११ :
नेकपा माओवादी केन्द्रले आज खबरदारी सभा आयोजना गर्दैछ ।
खबरदारी सभा काठमाण्डौंको भृकुटीमण्डपमा गरिदैछ । बागमती प्रदेश,उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शन सहित खबरदारी सभाको आयोजना गरिएको हो ।
आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिईएको छ । काठमाडौँ मलमा जम्मा भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जुलुस भद्रकाली,सहिद गेट हुँदै रत्नपार्क,बागबजार,प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर खबरदारी सभामा परिणत हुने सो पार्टीले जनाएको छ ।
कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि सत्ताबाट बाहिरिएको माओवादीले वर्तमान सरकारको सय दिन असफल रहेको निष्कर्ष निकालेको थियो ।