ललितपुर, साउन २१ :

प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ ।

सडक विभागले आज ललितपुर आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा अवसरमा आज निर्देशन मन्तव्य राख्नुहुँदै उहाँले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिनुभएको हो

मानिसलाई आवश्यक नै नहुने वन र भिरमा सडक खनेर कुनै फाइदा नहुने भन्नुहुँदै प्रधानमन्त्री ओलीले मानव बस्ती छुने र छोटो हुनेगरी सडक निर्माण गर्न निर्देशन दिनुभयो । 

उहाँले भिरमा बाटो लगेर मानिसका लागि फाइदा नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताउनुभयो । 

 आफू पहिलो पटक प्रधानमन्त्री भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको बताउनुहुँदै अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको  उहाको भनाइ थियो।

   नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको भनाइ प्रधानमन्त्रीको थियो ।