
काठमाण्डौँ , कात्तिक २४ :
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ ।
बैठकमा आसन्न उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँने भएकाले उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल हुने उहाँले बताउनुभयो ।
बैठकमा पार्टीको राजनितिक, साङ्गठनिक लगायत समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।