
काठमाण्डौँ , कात्तिक २५ :
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
बैठकमा आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्र लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको छ ।