
काठमाण्डौँ , कात्तिक २८ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको भर्चुअल बैठक बस्दैछ।
समसामयिक राजनीतिक परिस्थिति र आन्दोलनको मोडालिटीबारे छलफल गर्न अहिले बिहान भर्चुअल बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सरकारले प्रतिशोध साँधेको भन्दै पार्टीका नेताहरूले आरोप लगाउदै आएका छन् ।