
काठमाण्डौँ , मंसिर ३ :
यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज धमाधम मनोनयन दर्ता भइरहेको छ ।
निर्वाचन आयोगले आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने जनाएको छ ।
उपनिर्वाचन हुने स्थानीय तहमा ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।
मनोनयन दर्ताको कार्य सकिएपछि आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने पनि आयोगले जनाएको छ ।