काठमाण्डौं, मंसिर ४ :

मन्त्रिपरिषदको बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

आपको बैठकमा पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ ।

पुर्वसभामुख ढुंगानाको हिजो दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

आजै साढे ११ बजे काठमाण्डौंको सानो गौचरनमा श्रद्धाञ्जली सभा आयोजना गरिदैछ । श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी ओली शर्मा सहभागी हुदैछन् ।