
काठमाण्डौँ , मंसिर ७ :
आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि मङ्गलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।