काठमाण्डौँ , मंसिर २१ :

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने जनाइएको छ ।